Logo

पत्रकारिताबाट राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्नुपर्छ : दाहाल   



Spread the love

१३ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रताकै पक्षमा संविधान बनेकाले यसको भावनाविपरीत कुनै पनि ऐनकानून नबनाइने स्पष्ट गर्नुभएको छ । पत्रकार तथा साहित्यकार शहीद कृष्ण सेन इच्छुकको १७औँ स्मृति दिवसका अवसरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रममा उहाँले पत्रकारिता र साहित्यले राष्ट्रलाई अझ सुदृढ ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

“राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गराउने सङ्कल्पमा कुनै विचार र मान्यताले कमजोर पार्नु हुँदैन”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “हाम्रो पत्रकारिताले राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नुपर्छ ।” उहाँले पत्रपत्रिकामा राष्ट्रिय एकतालाई कमजोर पार्ने लेखरचना छ भने त्यहाँ केही गल्ती छ भन्ने थाहा हुनेछ भन्दै त्यसको समर्थन गर्न नसकिने बताउनुभयो । अध्यक्ष दाहालले इच्छुकमा राजनीतिक, वैचारिक र सैद्धान्तिक निष्ठा भएको स्पष्ट गर्दै उहाँले नेपाली साहित्य, संस्कृति र पत्रकारितामा खेलेको भूमिका अतुलनीय भएको बताउनुभयो ।

“इच्छुक बहुआयामिक व्यक्तिका रुपमा चिनिनुहुन्छ । उहाँ पत्रकार र राजनीतिक योद्धा हुनाका साथै असाध्यै सरल, इमान्दार र मिलनसार व्यक्तित्व हुनुहुन्थ्यो । यति धेरै आयाम एउटै व्यक्तिमा विरलै पाइन्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “समारोह गर्ने फूल चढाउने मात्र गर्नाले उहाँप्रति श्रद्धाञ्जलि हँुदैन । म पत्रकारका रुपमा उहाँले निर्भीकता र निष्ठाका साथ वर्गीय पक्षधरप्रति खरो उत्रिएर जनमत निर्माणमा निर्वाह गरेको भूमिका स्मरण गर्न चाहन्छु ।”

राजनीतिक विचारको धार निर्माणमा उहाँको कलम तीखो रुपमा चल्ने गरेको बताउँदै नेता दाहालले पार्टीभित्रको वैचारिक सङ्घर्षमा जहिले पनि क्रान्तिकारी कित्ता पकड्ने उहाँ सँधै श्रमजीवी वर्ग र एकताका पक्षमा उभिनुुहन्थ्यो”, उहाँले भन्नुभयो ।

साथीलाई व्यवस्थापन गर्न गा¥ह्रो

अध्यक्ष दाहालले पार्टी एकतापछि आकाङ्क्षी धेरै रहेकाले व्यवस्थापन गर्न गा¥ह्रो रहेको बताउनुभयो । उहाँले विसं २००७ र विसं २०४६ को क्रान्तिभन्दा फरक मान्यताका आधारमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रक्रिया रहेको जानकारी गराउनुभयो ।

सामाजिक न्याय र आर्थिक विकासका पक्षमा राष्ट्रिय पूँजीको विकास गरेर समाजवादका निम्ति तयारी गरिरहेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “विचारलाई नयाँ ढङ्गले संलेषण गर्नुपर्नेछ । राजनीतिक रणनीति र नारालाई अझै विकसित र परिमार्जन गर्नुपर्नेछ ।”
अहिले संसद्मा दर्ता भएका विधेयक छलफल भइरहेकाले नागरिक समाजमा चलेको बहसअनुसार ती विधेयकमा केही परिमार्जन गर्नुपर्ने भए प्रक्रियाअनुसार नै परिमार्जन गरी पारित हुने उहाँले बताउनुभयो ।

कतिपय मानिसलाई पार्टी एकता गरेर विचार छाड्छाँै कि भनेजस्तो लागेको भए पनि त्यसो नहुने बताउँदै भन्नुभयो, “विनाविचार पार्टी एकता गरिएको छैन । प्रष्ट वैचारिक मान्यता, सैद्धान्तिक निष्ठा र राजनीतिक कार्यदिशाको ‘ओरियन्टेशन’ सहित पार्टी एकता भएको हो ।”

 सोही कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाली प्रेसलाई कसरी बढी समृद्ध बनाउन सकिन्छ भनेर छलफलमा लागेको बताउँदै सरकार कुनै पनि हिसाबले प्रेसलाई नियन्त्रण गर्ने पक्षमा नभई नियमन गर्ने पक्षमा रहेको जानकारी दिनुभयो ।
मन्त्री बास्कोटाले प्रेस स्वतन्त्रता खतरामा परेको नभई झनै समृद्ध हँुदै गएको बताउँदै भन्नुभयो, “समृद्ध बनाउनका निम्ति हामीले समानुपातिक विज्ञापन प्रणाली ल्यायौँ । यो नेपाली प्रेसको समृद्धिको विम्ब हो । विज्ञापनरहितको कुरा पनि लिएर आएका छाँै । त्यसले पनि नेपालको राष्ट्रिय अर्थतन्त्र र अर्थतन्त्रभित्रको पत्रकारिताको विकासलाई सुनिश्चित गर्छ ।”

आजको पत्रकारिता नागरिकका लागि सही सूचनाको स्रोतका रुपमा हुनुपर्नेमा जोड दिँदै मन्त्री बास्कोटाले पत्रकारिता क्षेत्र आर्थिक हिसाबले पनि समृद्ध हुने बताउनुभयो । उहाँले मिडिया उद्योग आलु, प्याज उद्योगजस्तो नभई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने एउटा महत्वपूर्ण माध्यम पनि रहेको बताउनुभयो । संविधानले दिएको मान्यता र मूलभूत कुरा तथा अन्तरराष्ट्रिय प्रचलनभन्दा बाहिर रहेर कुनै पनि कुरा नगरिर्न उल्लेख गर्दै उहाँले तर मिडिया विधेयकबारे प्रेस स्वतन्त्रता खतरामा प¥यो भनेर हल्ला मच्चाइएको बताउनुभयो ।

“विधेयकको गुदीमा नगएर स्वरुपमा मात्र जाने, अन्तरवस्तुमा नभएर बाह्य प्रचारमा जाने, एकोहोरो कोलाहल मच्चाउने र सरकारको आलोचना गर्ने कुराले समस्याको निकास दिँदैन”, उहाँले भन्नुभयो ।

उहाँले पत्रकारिताको मर्यादा र विश्वास दिलाउनका लागि स्वनियमको कुरा पनि अगाडि बढिरहेको बेला पत्रकारितालाई नियन्त्रण गर्न खोजियो भन्ने आरोप लगाइएको बताउनुभयो । मिडियामा देखापर्ने पूर्वाग्रह र आग्रह तथा वस्तुपरकताभन्दा बाहिरको कुरा प्रेस स्वतन्त्रताको विषय हुन नसक्ने धारणा मन्त्री बास्कोटाले व्यक्त गर्नुभयो ।

उहाँले इच्छुकको सपना कार्यान्वयन गराउन सङ्कल्प गर्नुपर्ने औँल्याउनुभयोे । “इच्छुकले चलाएको कलम साँच्चिकै साधारण परिवर्तनका लागि थिएन । त्यो आमूल परिवर्तनको विषय थियो”, उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले इच्छुकका हत्यारालाई कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको मिडिया काउन्सिल विधेयक आचारसहिंता भएकाले आचारसहिंतामा दण्डको व्यवस्था गर्न नपाइने उल्लेख गर्दै विधेयक संशोधन गर्नुपर्ने बताउनुभयो ।
–––  रासस

प्रतिक्रिया दिनुहोस्