Logo

नेपालमा सामसुङ ग्यालेक्सी एस ८ र एस ८ प्लस सार्वजनिक



Spread the love

सामसुङले वहुप्रतिक्षित ग्यालेक्सी एस ८ र एस ८ प्लस नेपालमा सार्वजनिक गरेको छ ।गत मार्च २९ मै सामसुङले ग्यालेक्सी एस ८ को ग्लोबल लन्च गरिसकेको छ । फिचरका हिसाबले ग्यालेक्सी ८ लाई विश्वकै शक्तिशाली स्मार्टफोनको रुपमा लिइएको छ ।

samsungpic1एस ८ का मूख्य फिचरहरुमा ५.८ इन्च सुपर एमोलेड टच स्क्रिन, १४४०×२९६० पिक्सेल सेजोलुशन, ५७० पिक्सेल डेन्सिटी, कोर्निङ गारिला ग्लास ५ प्रोटेक्सन, १.९ गिगाहर्ज अक्टा कोर सामसुङ एक्जोनोस ८८९५ प्रोसेसर, ४ जिबी र्याम, ६४ जिबी इन्टर्नल स्टोरेज, २५६ जिबी सम्मको माइक्रो एसडीकार्ड सपोर्ट, १२ मेगापिक्सल रियर क्यामेरा, ८ मेगापिक्सल फ्रन्ट क्यामेरा, फिङ्गरप्रिन्ट स्क्यानर, एन्ड्रोेइड ७ नगट अपरेटिङ सिस्टम, डेक्सटप एक्सपेरिएन्स सपोर्ट, ३००० एमएएच ब्याट्रीलगायतका फिचर रहेका छन् ।

यसैगरी, एस ८ प्लसका फिचरका अधिकांश फिचरहरु एस ८ मा भएकै छन् । ६.२ इन्च सुपर एमोलेड डिस्प्ले र ३५०० एमएएच ब्याट्रीजस्ता फरक फिचर रहेका छन् । सामसङ नेपालका आइएम बिज प्रमुख प्रणयरत्न स्थापितका अनुसारएस एटको मुल्य ८८ हजार ९ सय र एस एटप्लसको मुल्य ९८ हजार ९ सय रुपैया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्