Logo

च्याम्पियन्स लिगको फाइनल खेल्ने तयारीमा केन



Spread the love

१४ जेठ, काठमाडाैँ – इंग्लिस क्लब टोटनह्यामका कप्तान ह्यारी केनले आफु चोटबाट मुक्त भईसकेको र च्याम्पियन्स लिगको फाइनल खेल्न आफु पूर्ण रुपमा तयार रहेको बताएका छन् ।

पछिल्लो समय चोटबाट मुक्त हुन संघर्षरत केनले लिभरपुलविरुद्ध हुने फाइनलमा लागि आफु तयार भएको बताएका हुन् । च्याम्पियन्स लिगको फाइनलमा टोटनह्यामले शनिबार राति लिभरपुलसंग खेल्दैछ ।

‘मैले सहज महसुस गरिरहेको छु । त्यहाँ कुनै समस्या छैन,’ कप्तान केनले भने, ‘पुरानै लयमा रहेको मैले गत साताबाट नै महसुस गरेको छु । यस साताको फिटनेस थप उच्च हुनेछ । त्यसैले मैले सहज महसुस गरेको छु । र खेल्न तयार छु ।’

२५ बर्षीय केनले गत अप्रिलमा बाँया एङ्कलको चोट बोकेका थिए । यस सिजन केनले २४ गोल गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्