Logo

४ वर्षपछि एस्टन भिल्ला प्रिमियर लिगमा बढुवा



Spread the love

१४ जेठ, काठमाडाैँ – एस्टन भिल्ला ईङ्लिस प्रिमियर लिग फुटबलमा बढुवा भएको छ । च्याम्पियनसिपको प्लेअफ फाईनलमा डर्बी काउन्ट्रिविरुद्व २–१ को जित निकाल्दै एस्टन भिल्लाले शीर्ष डिभिजनको लिगमा पुनरागमन गरेको हो ।

भिल्ला क्लब तीन बर्ष पछि प्रिमियर लिगमा फर्किएको हो । अनवार एल गाजीले ४४ औ मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई सुरुवाती अग्रता दिलाए ।

जोन म्याचगिनले ५९ औ मिनेटमा क्लबको अग्रता दोब्बर पारे । खेल सकिन ९ मिनेट अगाडी ज्यान मैसियटले गोल गर्दै टिमलाई खेलमा फर्काउने कोशिश गरेपनि सफल हुन सकेनन् ।

भिल्ला क्लब अघिल्लो सिजन प्लेअफको फाईनलमा पराजित हुदै शीर्ष डिभिजनमा उक्लिने सम्भावना गुमाएको थियो । एस्टन भिल्ला २०१५ को सिजनबाट रेलिगेशनमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्