Logo

मंसिरमा राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता हुने



Spread the love

१५ जेठ,  कठमाडौं – धनगढीमा पहिलो पटक राष्ट्रियस्तरका टिम सहितको पहिलो अपि शैपाल महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । शैलेश्वरी स्पोर्ट क्लबले आउँदो मंसिर ५ देखि १४ सम्म कैलालीको धनगढी रंगशालामा महिला गोल्डकप आयोजना गर्न लागेको हो ।

पुरुष फुटबलका थ्रुपै्र गोल्डकप भए पनि महिला फुटबलका प्रतियोगिता कम भईरहेको समयमा महिला खेलाडी प्रोत्साहन र नयाँ खेलाडी खोजी गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको शैलेश्वरी स्पोर्ट क्लबका अध्यक्ष घनश्याम भटटले बताए ।

प्रतियोगितामा तीन विभागीय टिम र ७ वटा प्रदेशका टिम गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको च्याम्पियन टिमले ५ लाख नगदसहित उपाधि प्राप्त गर्नेछ । उपविजेता टिमले २ लाख ५१ हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेउत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने क्बलकी वरिष्ठ उपााध्यक्ष गतिा सोडारीले बताइन् ।

नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताको अनुमानित खर्च ८२ लाख लाग्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्