Logo

युरोपियन ‘ड्रिम टिम’ मा मेसी र रोनाल्डो पर्दा नेयमार अटाएनन्



Spread the love

 

१४ जेठ, काठमाडाैँ – युरोपियन क्लब फुटबलको ‘ड्रिम टिम’ मा बार्सिलोनाका लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो अटाएका छन् । तर ड्रिम टिममा पीएसजीका नेयमार भने अटाएका छैनन् ।

गोल डटकमले सार्वजनिक गरेको युरोपको शीर्ष पाँच लिगको ड्रिम टिममा मेस्सी र रोनाल्डो परेका हुन् । दुवैले ड्रिम टिमको अग्र पंक्ति सम्हाल्नेछन् । यस्तै ड्रिम टिमको अर्को एक फरवार्डमा म्यानचेस्टर सिटीका सर्जियो अग्युरो परेका छन् ।

ड्रिम टिमको मिडफिल्डमा चेल्सीका इडेन हजार्ड, सिटीका बर्नान्डो सिल्भा र बोरुसिया डर्टमण्डका विसल रहेका छन् ।

डिफेन्डरमा लिभरपुलका रोबर्टसन, भान डिज्क भिर्गिल र एलेक्स आर्नोल्ड र बार्सिलोनाका पीके रहेका छन् । गोलकिपरमा एट्लेटीको मड्रिडका ओब्लाक रहेका छन् ।

गोल डटकमले यस सिजन इन्ग्लिश प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ‘ए’, फ्रेन्च लिग वान र जर्मन बुन्डेस लिगामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी सम्मिलित ड्रिम टिम निकालेको हो ।

ड्रिम टिम लिभरपुलका सर्वाधिक धेरै खेलाडी अटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्