Logo

एन्फाको आयोजनामा ६ महिना महिला लिग फुटबल सञ्चालन हुने



Spread the love

१४ जेठ, काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले उपराष्ट्रपति कप महिला लिग आयोजना गर्ने भएको छ ।

प्रत्येक बर्ष हप्ता दिनको महिला लिग सञ्चालन गर्दै आएको एन्फाले यस पटक महिला लिगलाई छनोट सहित ६ महिना खेलाउने तयारी गरेको हो ।

एन्फाका अनुसार भदौ २० गतेबाट प्रदेश स्तरमा टिमको छनोट प्रक्रिया सुरु हुनेछ । प्रदेशको छनोट सकिने बित्तिकै एन्फाले केन्द्रमा तीन विभागीय टिम सहित सात प्रदेश टिम समावेश गर्दै लिग सञ्चालन गर्नेछ ।

छनोट सहित प्रतियोगिता ६ महिना चल्ने र १० टिम सहभागि हुने एन्फाले जनाएको छ ।

प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा सञ्चालन हुनेछ ।

प्रतियोगिता माघ २८ गते सकिने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्