Logo

कौस्तुभ फुटबल: मोनास्टिक, न्यू स्टार र विनायक स्कुल विजयी



Spread the love

१४ जेठ, काठमाडौं – दोस्रो संस्करणको कौस्तुभ फुटबल प्रतियोगिताको पाचौँ दिन मोनास्टिक, न्यू स्टार र विनायक स्कुलले जित निकालेका छन् ।

पेप्सीकोलास्थित टाउनप्लानिङको मैदानमा सोमबार भएको पहिलो खेलमा मोनास्टिकले नव जीवनलाई ३–० गोल अन्तरले पराजित गर्याे । मोनास्टिकका युवराज अधिकारी म्यान अफ दि म्याच चुनिए ।

दोस्रो खेलमा चावहिलको विनायक स्कुलले जेनुइन स्कुललाई २–० गोल अन्तरले पराजित गर्याे । उसका विनायकका प्रनव राई म्यान अफ दि म्याच भए ।

यस्तै तेस्रो तथा अन्तिम खेलमा न्यू स्टार पोल स्कुलले पेस पइन्ट स्कुल बानेश्वरलाई ४–२ गोल अन्तरले पराजित गर्याे । न्यू स्टारका सन्देश मगर म्यान अफ दि म्याच घोषित भए ।

प्रतिक्रिया दिनुहोस्