Logo

बुधबारदेखि केभीएस कप फुटबल



Spread the love

१४  जेठ, काठमाडाैँ – काठमाडौं विनायक शिक्षालय (केभीएस) को आयोजनामा प्रथम केभीएस कप उपत्यकाव्यापी अन्तरविद्यालय फुटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा १६ ब्वाइज टिमको सहभागिता रहने केभीएसका प्रिन्सिपल सम्झना लामाले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने केभीएस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गेयन्द्र लामाले जानकारी दिए । विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । तेश्रोले १० हजार तथा चौथोले ७ हजार नगद पुरस्कार हात पार्ने छन् । जेठ २५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु सानोगौचरण मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्