Logo

अष्ट्रेलियाद्वारा श्रीलंका पराजित



Spread the love

१४ जेठ, काठमाडाैँ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गरेको छ ।

साउथह्याम्पटनमा सोमबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले पराजित गरेको हो ।

द रोस बल मैदानमा श्रीलंकाले दिएको २४० रनको लक्ष्य अष्ट्रेलियाले ४४ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले ८९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै ग्लेन म्याक्स्वेलले ३६, शाउन मार्शले ३४ तथा मार्कुस स्टोनिसले ३२ रन बनाए । श्रीलंकाका जेफ्री भान्दरसेले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ५ विकेट गुमाएर २३९ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्