Logo

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव



Spread the love

१४ जेठ, कर्णाली – कर्णाली प्रदेशसभाको चौथो अधिवेशनको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७६ को सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेश गरिएको छ ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त विधेयक प्रदेशसभाको बैठकमा पेश गरेका हुन् । मन्त्री ज्वालाले बैठकमा छलफलका लागि विनियोजक विधेयक पेश गरेका थिए । बैठकमा उनले विधेयकको सिद्धान्त, उद्देश्य, नीतिगत सोच र प्राथमिकतालाई ध्यानमा राखेर प्रदेशसभा सदस्यहरुलाई सुझाव दिन आग्रह गरे ।

नेपालको संविधान, दिगो विकास लक्ष्य, कर्णाली प्रदेश सरकारको सोचलाई मुख्य आधार बनाएर विनियोजन विधेयक–२०७६ ल्याइएको उनको भनाइ थियो । मन्त्री ज्वालाका अनुसार यसले साना तथा टुक्रे योजना निर्माण कार्यलाई पूर्णरुपले निरुत्साहित, भौतिक पूर्वाधार विकासमा जोड तथा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सहयोग पुग्नेछ ।

मन्त्री ज्वालाले राखेको प्रस्तावमा गहन रुपले छलफल गरी त्यसलाई परिपक्व एवं पूर्ण बनाउन यही जेठ १४ र १५ गते बैठक बस्ने सभामुख राजबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्