Logo

पन्ध्र जना शंकास्पद व्यक्ति पक्राउ



Spread the love

१४ जेठ, काठमाडाैँ – नेपाल प्रहरीले देशभरका विभिन्न स्थानबाट शङ्कास्पद गतिविधिमा संलग्न १५ जनालाई पक्राउ गरेको छ । ‘विप्लव समूह’ले गरेको नेपाल बन्दका क्रममा शंकास्पद गतिविधिमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार काठमाडौँबाट सात, ललितपुरबाट चार, सुर्खेतबाट दुई तथा रुकुमपश्चिम र झापाबाट एक÷एक जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको पोखरेलले बताए ।

नेपाल बन्दका क्रममा देशभरका विभिन्न स्थानमा सवारी साधनमा आगजनी गरिएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार मकवानपुरमा दुई तथा सुर्खेत, नवलपरासी पूर्व, कालिकोट र रामेछापमा एक÷एक सवारी साधनमा आगजनी गरिएको छ । आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्