Logo

‘विप्लव समूह’लाई वार्तामा ल्याउनुपर्छ: वरिष्ठ नेता पौडेल



Spread the love

१४ जेठ, काठमाडाैँ – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘विप्लव समूह’लाई सरकारले वार्तामा ल्याउनुपर्ने बताएका छन् । नेपाली काङ्ग्रेस बझाङले हिजो आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले वार्ताकै माध्यमबाट समस्या समाधान गर्न सरकालाई सुझाव दिए ।

देश परिवर्तनका लागि गरेका सबै प्रयास सफल भइसकेकाले देशमा विकास र समृद्धिको यात्रा तय गर्नुपर्ने बेला देशमा अशान्ति भएकाले सरकार यसमा गम्भीर भएर लाग्नुपर्ने उनले बताए । नेता पौडेलले सरकारले विप्लव समूहलाई प्रतिबन्ध गर्ने कदम चालेर देशलाई द्वन्द्वमा फसाउन खोजेको आरोप लगाए । उनले हिंसाको राजनीति त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लव समूहलाई आग्रह गरे । सरकारले विप्लव समूहलाई वार्तामा ल्याउन खाजे आफूहरु मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको उनको भनाइ थियो ।

काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानको अवसर पारेर आयोजना गरिएको सभामा नेता पौडेलले भने, “मैले चाहेर मात्र पार्टी सोचे जस्तो हुँदैन, सहीलाई सही र गलतलाई गलत भन्ने संस्कृतिको विकास हुनुपर्छ ।” कार्यक्रममा काङ्ग्रेस नेताहरु अर्जुनजङ बहादुर सिंह, नरेशबहादुर सिंह, तारणीदत्त चटौत, प्रकाश रसाइली, पृथ्वीबहादुर सिंह, चन्द्रादेवी जोशी, रामकृष्ण यादव, हर्कजङ् सिंहलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्