Logo

कम्लरीको सहकारीमा ठगी



Spread the love

१४ जेठ, काठमाडौं । कम्लरीले स्थापना गरेका सहकारी संस्था लाखौं ठगी भएपछि डुब्ने अवस्थामा पुगेका छन् । दाङको लमहीमा स्थापित लावाजुनी बचत तथा ऋण सहकारी संस्था व्यवस्थापक गीता चौधरीले ७ लाख ७८ हजार २ सय १६ रुपैयाँ हिनामिना गरेपछि एक वर्षदेखि बन्द छ ।

कैलालीको सुखडस्थित मुक्त कम्लरीको ओजरार डगर कृषि सहकारी संस्थाका सदस्य मासिक बचत गर्ने क्रममा बैठक बस्दै । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

चौधरीले रकम फिर्ता नगरेपछि सहकारीले उनीविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको छ । ०७३/०७४ को लेखापरीक्षण प्रतिवेदनमै उनले उक्त रकम तिर्नुपर्ने भनी उल्लेख छ । लामो समय प्रयास गर्दा पनि पैसा फिर्ता गर्न नसकेको सहकारीकी अध्यक्ष कृष्णा चौधरीले बताइन् ।

‘वडा प्रहरी कार्यालय लमहीमा दुईपटक निवेदन दियौं, जिल्ला प्रहरीमा पनि निवेदन दियौं तर केही सुनुवाइ भएन,’ उनले भनिन्, ‘एक वर्षदेखि सहकारी बन्द छ । ठगी गर्ने मान्छे काठमाडौंमा लुकेर बसेकी छन् ।’ २०६५ असोज ७ मा स्थापित लावाजुनी मुक्त कम्लरीको पहिलो सहकारी हो । यसमा ७ सय सदस्य छन् । भाडा तिर्न नसकेर सामानएउटा कोठामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्