Logo

राणाकालीन दरबार नभत्काइने



Spread the love

बैशाख ७, काठमाडौं – राणाकालीन कला, कौशल, वास्तुकला बोकेका दरबार संरक्षणबारे सरोकारवाला व्यक्तिहरुको ध्यानाकर्षण भएको खबर आजको नागरिकमा छ ।

राणाकालीन दरबार भत्काउने वा नभत्काउने भन्ने विषयमा बुधबार राष्ट्रिय पुननिर्माण प्राधिकरण, पुरातत्व विभाग, सिंहदरबार पुननिर्माण सचिवालयका वरिष्ठ अधिकारीहरुले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको पश्चिमी खण्डको अवलोकन गरेका छन् ।

नेपालमै पहिलोपटक वास्तुकला र युरोपियन शैलीमा बनेका कारण यी दरबारलाई सवलीकरण (रेट्रोफिटिङ) मार्फत संरक्षण गर्नुपर्ने सम्वद्ध अधिकारीले अवलोकन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्