Logo

आक्रमणकारीको चक्कु प्रहारबाट ३ जनाको मृत्यु ,१६ जना घाइते



Spread the love

जापानको कावासाकीमा आक्रमणकारीको चक्कु प्रहार बाट ३ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा एक विद्यार्थी बालिका र ३० वर्षका एक पुरुष रहेका छन् । आक्रमणकारीले १५ जना बालिकाहरु माथि आक्रमण गरेपछि आफैंलाई छुरी धसेर आत्महत्या गरेको हो ।
नोबोरितो स्टेसननजिक तामा वार्डमा रहेको स्कूल बस स्टपमा गाडी कुरिरहेका बेला आक्रमणकारीले दुवै हातमा चक्कु बोकेर बालिकाहरूमाथि आक्रमण गरेको कानागावा प्रहरी अधिकारीहरूले बताएको छ ।

प्रहरी अनुसन्धानकर्ताहरूले थप सूचना संकलन गरिरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्