Logo

धनुषामा अवैध लागूऔषध सहित ३ जना पक्राउ



Spread the love


१४ जेठ, धनुषा ।धनुषा नगरईन नगरपालिका-२ स्थित प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी लगमाजटहीबाट खटिएको प्रहरीले जनकपुर उपमहानगरपालिका-२ बस्ने ३५ वर्षीय प्रसन्न पौडेल सहित २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनिहरुलाई भारतबाट नेपालतर्फ आउँदै गर्दा चेक जाँच गर्नेक्रममा लागूऔषध नाईट्राभेट ९० ट्याब्लेट, Pyeevon spas plus नाम गरेको ट्याब्लेट २४ पिस र Exiplon २ बोतल सहित पक्राउ गरेको हो ।

साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्