Logo

विद्युत सेवा अनियमित हुँदा समस्या



Spread the love

 

 

१४ जेठ, बैतडी l बैतडीमा पछिल्लो समय विद्युत् सेवा अनियमित हुँदा सेवाग्राही मारमा परेका छन् । विद्युत् एकैछिन् आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राही मारमा परेका हुन् ।

विद्युत् सेवा अनियमित हुँदा व्यापार व्यवसायमा समेत असर परेको व्यापारीले बताएका छन् । विद्युत्बाट सञ्चालन हुने ग्रिल उद्योगलगायतलाई समस्या भएको छ । विद्युत् सेवा अनियमित हुँदा विद्यार्थीलाई समेत समस्या भएको छ ।

विद्युत् अनियमित हुँदा जिल्ला सञ्चालित रेडियोलाई समेत समस्या भएको छ । बैतडीका व्यवसायी र सञ्चारमाध्यमका सञ्चालकले बेलाबेलामा विद्युत् आउने जाने गर्नाले विद्युत्बाट चल्ने धेरै सामाग्री बिग्रिने गरेको बताएका छन् । बत्ती आउने जाने हुनुका साथै आयो भने पनि कहिले मधुरो आउने गरेकाले थप समस्या भएको छ ।

अनियमित विद्युत् कटौतीले स्वास्थ्य क्षेत्र पनि प्रभावित भएको छ । अनियमित विद्युत् कटौतीले श्रीकोट स्वास्थ्यचौकीमा खोप सेवा प्रभावित हुने गरेको छ । श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटका अनुसार भ्याक्सिन २४सै घण्टा चिसोमा राख्नुपर्ने भए पनि अनियमित विद्युत् कटौतीले खोप सेवा प्रभावित हुने गरेको बताए ।

भार बढेका कारण विद्युत् सेवा अनियमित भइरहेको नेपाल विद्युत् प्राधिकरण बैतडीका वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले जानकारी दिए । यस्तै बैतडी र बझाङमा एउटै लाइनबाट विद्युत् प्रवाह हुने भएकाले बेलाबेलामा समस्या आउने गरेको उनले बताए । यसका साथै हावाहुरीलगायतका कारणले पनि विद्युत् सेवा अनियमित भइरहेको वितरण केन्द्र बैतडीले जनाएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्