Logo

आर्मीद्वारा कर्णालीलाई २९१ रनको विशाल लक्ष्य प्रस्तुत



Spread the love

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगितामा मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई २ सय ९१ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २९० रन बनायो । ओपनर राजु रिजाल र हरेकृष्ण झाले पहिलो विकेटका लागि २८.३ ओभरमा १ सय ३२ रनको उत्कृष्ट साझेदारी गर्दै सानदार सुरुवात दिलाए ।

७८ बल को सामना गरेको राजुले ६६ रन बटुले । सय बल खेलेका हरिशंकरले १ सय बलमा ५२ रन बनाए ।त्यस्तै रोहित कुमार पौडेलले ५१ बलको सामना गर्दै ५६ रन बनाउदै अर्धशतक पूरा गरे । करण केसीले २८ रन जोड्दा शाहव आलम र लोकेन्द्र चन्दले समान १६–१६ तथा हरी बहादुर चौहानले ११ रनको योगदान गरे ।

कर्णालीका लागि ललित प्याकुरेलले ९ ओभरमा ६३ रन खर्चेर ५ विकेट लिए । त्यस्तै कप्तान रविन्द्रजंग शाही २ र प्रकाश जैशी नाममा १ को विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्