Logo

घरको जग खन्ने क्रममा ढिस्कोले पुरिदा २ जनाको मृत्यु ,एकजना गम्भीर घाइते



Spread the love

१४ जेठ, वीरगञ्ज । वीरगञ्जमा घरको जग खन्ने क्रममा माटोले पुरिएर दुई जनाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन्। वीरगन्ज महानगरपालिकामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर बिश्रामपुर गाउँपालिकाका ५० वर्षका दशरथ पण्डित र बाराकै ५० बर्षका जवाहिर रामको मृत्यु भएको हो ।

खाल्डोमा काम गरिरहेकै बेला माथिबाट खसेको मोटोको ढिस्कोले पुरिएर तीनजना गम्भीर घाइते भएका थिए। उनीहरुलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि दुई जनाको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता अनन्तराम शर्माले जानकारी दिएका छन् ।

सामान्य घाइते भएका राजेन्द्र रामको गण्डक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठेकदारले मृतकको परिवारलाई ६ लाख क्षतिपूर्ति दिने सहमति भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्