Logo

ट्याङकरको ठक्करबाट एक युवकको मृत्यु



Spread the love

१४ जेठ, तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका-२ मा ट्याङकरको ठक्करबाट एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा ईलामका २५ वर्षीय लेस लिमदुङ् रहेका छन् । मे५ प ९२१६ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको ग२च ९६२२ नम्बरको दुध बाेक्ने ट्याङकरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते भएका उनको उपचारकाे क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यलय तनहुँका प्रमुख पुर्णवहादुर अधिकारीले वताए ।

मृतक हाल पोखरामा नेपाली सेनामा कार्यरत रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्