Logo

स्कुल बस कुरिरहेका बच्चाहरुमाथि अन्धाधुन्द चक्कु प्रहार गर्दा ३ बालकको मृत्यु , १६ घाइते



Spread the love

१४ जेठ, काठमाडौं । जापानको कावासाकी सहरमा स्कुल बस कुरिरहेका विद्यार्थीमाथि अन्धाधुन्द चक्कु प्रहार भएको छ। उक्त आक्रमणमा परी ३ बालकको मृत्यु , १६ जना बच्चाहरु घाइते भएको प्रहरीले जनाएको छ।

सो आक्रमणकारीले अन्त्यमा आफ्नै घाँटीमा चक्कू हानेको थियो । उसलाई प्रहरीले पक्राउ गरेको थियो तर चोटका कारण उसको मृत्यु भएको जनाइएको छ ।

उक्त घटना बिहान ७:४४ बजे भएको थियो। आक्रमण किन र कसले गरायो त्यसको पुष्टि हुन नसकेको समाचार एजेन्सी एएफपीले जनाएको छ।

जापानमा यस्ता घटना कम हुने गर्दथे । तर २०१६ मा मानसिक रोगीहरुको उपचार गर्ने अस्पतालमा एक पूर्व कर्मचारीले १९ जना मानिसमाथि चक्कुले आक्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्