Logo

बोलाएनन् इमरानलाई सपथमा मोदीले



Spread the love

१४ जेठ, काठमाडौं । बिहीबार दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनियताको सपथ लिँदैछन्। मोदीले सबै छिमेकी देशका राष्ट्र/सरकार प्रमुखलाई आफ्नो सपथ समारोहका लागि निमन्त्रणा पठाएका छन् ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली मोदीको निमन्त्रणालाई सम्मान गर्दै नयाँ दिल्ली प्रस्थान गर्ने छन् । छिमेकी पाकिस्तानबाट भने मोदीको सपथ ग्रहणको लागि पाहुना निम्त्याइएको छैन।

यसअघि गत बिहीबार लोकसभा चुनावमा मोदीको भारतीय जनता पार्टीले बहुमत ल्याएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उनलाई बधाई दिएका थिए। उनलाई मोदीले ट्वीटरमार्फत नै धन्यवाद दिएका थिए।

गत फेव्रुअरीमा कस्मिरको पुलवामा आतंकवादी हमला भएपछि भारत-पाकिस्तान सम्बन्धमा तनाव सुरू भएको थियो ।

यसपालि भने मोदीले विम्स्टेकका सातै सदस्य राष्ट्रलाई आफ्नो सपथ ग्रहणमा बोलाएका छन्।

प्रतिक्रिया दिनुहोस्