Logo

रियल मड्रिडद्वारा रामोसको प्रस्ताव अस्वीकार



Spread the love

१४ जेठ, काठमाडाैँ – स्पेनिस जायन्ट रियल मड्रिडका कप्तान सर्जियो रामोसले आफुलाई निःशुल्क स्थानान्तरणका लागि अनुमित दिन क्लबसँग अनुरोध गरेका छन् । आँफु निः शुल्क चाइनिज क्लबमा जान लागेको भन्दै सो को लागि ढोका खोलिदिन रामोसले क्लबसँग अनुरोध गरेको र रियलले सो प्रस्ताव अस्वीकार गरेको खबर इंग्लिस खेल अनलाइन पत्रिका स्काइ स्पोर्टस्ले प्रकाशित गरेको छ ।

स्पेनिस क्लब रियलका अध्यक्ष पेरेजले सिर्जियो रामोस र उनका एजेन्ट चाइनाबाट आकर्षक प्रस्ताव आएको भन्दै क्लबमा आएता पनि रियल मड्रिडले उनिहरूको आग्रहलाई अस्वीकार गरेको बताएका छन् । रामोसको स्थानान्तरणको बारेमा बोल्दै पेरेजले भने, “उनिहरू ( रामोस र उनका एजेन्ट ) कार्यालयमा मलाई भेट्दै चाइनाबाट राम्रो प्रस्ताव आएको भन्दै बताउँन आएका थिए तर लिगको नियम विपरित निःशुल्क स्थानान्तरणका लागि अनुमति दिँदैन।“

स्पेनिस क्लब रियल मड्रिडमा २००५ देखि खेल्दै आएका रामोसले ४ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि चुमेका छन् । यो सिजन खराब प्रदर्शन गरेको रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा डच टिम आयाक्ससँग पराजित हुँदै बाहिरिँदा रामोस पनि समर्थकको आलोचनाका शिकार भएका थिए । तर उनले प्रतिबन्धका कारण सो खेलमा मैदान प्रवेश गर्न पाएका थिएनन् ।

च्याम्पिन्स लिगको अन्तिम १६ बाट नै बाहिरिएको मड्रिडले यो सिजन घरेलु लिग ला लिगामा पनि जम्मा १२ खेलमा हार व्यहोर्दै कट्टर प्रतिद्वन्द्वी तथा लिग च्याम्पियन बार्सिलोनासँग १९ अंकको दूरीमा रहँदै सिजन अन्त्य गरेको थियो । यो सिजन रियल मड्रिडको २१ औँ शताब्दीकै सबैभन्दा खराब सिजन हो ।

प्रतिक्रिया दिनुहोस्