Logo

सुपरस्टार नेयमारको राष्ट्रिय टोलीबाट कप्तानी पद खोसियो



Spread the love

१४ जेठ, काठमाडौं । ब्राजिलियन सुपरस्टार नेयमारको राष्ट्रिय टोलीबाट कप्तानी पद खोसिएको छ । प्रशिक्षक टिटेले कोपा अमेरिकाको लागि घोषणा गरेको अन्तिम टोलीबाट नेयमारलाई कप्तान पदबाट मुक्त गरेका हुन् ।

आठ महिनाअघि मात्र उनलाई स्थायी कप्तानको जिम्मेवारी दिइएको थियो । तर पछिल्लो समय भने अनुशासनका कारण समस्यामा आएका नेयमारलाई शनिबार प्रशिक्षक टिटेले कप्तानबाट हटाएको जानकारी दिएका थिए । उनको सट्टामा ३६ वर्षिय ड्यानी आल्भेसलै कप्तानको जिम्मेवारी दिइएको छ । आल्भेस र नेयमार दुवै पीएसजीबाट संगै खेल्ने गर्छन ।

डिफेन्डर आल्भेसले कतार र होन्डुरससंग मैत्रीपूर्ण खेलमा टोलीको कप्त्रानी सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्