Logo

मधेसवादी पाँच दलबीच एकिकरण,पार्टीको नाम: राष्ट्रिय जनता पार्टी



Spread the love

morcha

मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता हुने भएको छ। मोर्चाका शीर्ष नेताका अनुसार सम्भवतः आजै पार्टी एकताको औपचारिक घोषणा हुनेछ। तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच आज अपराह्न राजधानीमा एकता घोषणा कार्यक्रम हुने भएको छ। बुधबार राति अबेरसम्म भएको वार्तामा पार्टीको नाम र नेतृत्वबारे सहमति भएको हो।
‘मधेस’ शब्द हटाउँदै एकीकृत नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिने भएको छ । पार्टीको चुनाव चिह्न र झन्डा ‘छाता’ रहने सहमति भएको छ। पार्टी सामूहिक अध्यक्ष मण्डल बनाई नेतृत्व गर्ने भएको छ।
मोर्चामा रहेका दुर्इ दल नेपाल सद्भावना पार्टी र संघीय समाजवादी फोरम भने यो एकता प्रक्रियामा सहभागी भएका छैनन् ।
एकता हुने दलमध्ये सद्भावना पार्टी २०४७ सालमा स्थापित भएको थियो। अरु घटक भने २०६४ सालमा स्थापित भएका थिए। एकीकरण गर्ने निर्णयमा पुगेका पार्टीहरुको संसदमा २२ सिट छ।

प्रतिक्रिया दिनुहोस्