Logo

म्याच फिक्सिङको आरोपमा खेलाडीहरु पक्राउ



Spread the love

१४ जेठ, काठमाडौं । ला लिगामा म्याच फिक्सिङको आरोपमा स्पेनिस पुलिसले यस विषयमा अनुसन्धन गर्नका लागि झन्डै एक दर्जन व्यक्तिलाई पक्राउ गरेको छ। अहिले खेलिरहेका खेलाडी तथा पूर्व खेलाडीलाई र क्लबका कार्यकारी पदाधिकारीहरुलाई पुलिसले नियन्त्रणमा लिएको छ।

ला लिगाका ८ खेलमा म्याच फिक्सिङ भएको उजुरी परेको थियो। सो घटनाको अनुसन्धान गर्न खेलाडीलाई तथा पदाधिकारीलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा लिड्सका फरवार्ड स्यामुयल साइज त्यस्तै, रियल म्याड्रिडका पूर्व खेलाडी राउल ब्राभो पनि प्रहरी नियन्त्रणमा छन्। यसैगरी हुइस्का क्लबका अध्यक्ष अगुस्टिन लासाओसा र डिपोर्टिभो ला कोरुनाका खेलाडी इनिगो लोपेजसहित ११ जना पक्राउमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्