Logo

केइटाले च्याम्पियन्स लिगको फाइनल गुमाउने



Spread the love

१५ जेठ, काठमाडाैँ – लिभरपुलका मिडफिल्डर नेबी केईटाले च्याम्पियन्स लिगको फाइनल खेल गुमाउने भएका छन् ।

लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले केईटाले च्याम्पियन्स लिगको फाइनल गुमाउने पुष्टि गरेका छन् ।

लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा शनिबार राति टोटेनहमसंग खेल्दैछ ।

‘नेबीको खेल्ने सम्भावना छैन,’ प्रशिक्षक क्लोपले भनेका छन् ।

केईटा च्याम्पियन्स लिग अन्तर्गत नै बार्सिलोनाविरुद्ध भएको सेमिफाइनलको पहिलो लेगमा घाइते भएका थिए । त्यसयता केईटा मैदानमा फर्किएका छैनन् ।

केईटा घाइते भएपनि लिभरपुलको टिममा रोबर्टो फिर्मिन्हो फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्