Logo

काैस्तुभ कप : काैस्तुभको फराकिलो जीत, एन्जल लर्ड र कस्मिक पराजित



Spread the love

१५ जेठ, काठमाडौं – आयोजक कौस्तुभ एकेडेमीले दोश्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा मंगलबार लगातार दोश्रो जित हात पारेको छ ।
कौस्तुभले जाग्रितीलाई ६–० को फराकिलो गोलअन्तरले पराजित गर्यो ।

जोसेफ गोलेले ह्याट्रिक गरे भने राजन तामाङ, मिलन खत्री र विवस मगरले १–१ गोल थपे । विवस ‘म्यान अफ द म्याच’ घोषित भए ।

विनायक, भक्तपुरले एन्जल लर्डलाई २–० तथा त्रिवेणीले कस्मिक इन्टरनेसनललाई २–० गोलले नै हराए । विनायकका मदन खत्री तथा त्रिवेणीका प्रज्ज्वल डंगोल ‘म्यान अफ द म्याच’ बने ।

प्रतिक्रिया दिनुहोस्