Logo

चौथो संस्करणको ललित स्मृति च्याम्पियनसिपको खेलाडी दर्ता खुल्ला



Spread the love

१५ जेठ, काठमाडौं – अखिल नेपाल फुटबल संघ एन्फाले उमेर समुहको क्लब प्रतियोगिता ललित स्मृति अन्डर १८ च्याम्पियनसिपका लागि खेलाडी दर्ता प्रक्रिया सुरु गरेको छ ।

एन्फाले सोमबार ए डिभिजन लिग क्लबलाई पत्राचार गर्दै प्रतियोगिताका लागि खेलाडी दर्ता प्रक्रिया सुरु भएको जनाएको छ ।

एन्फा महासचिव ईन्द्रमान तुलाधरले क्लबहरुले आफ्नो पहिलो खेलको २४ घण्टा अगाडीसम्म खेलाडी दर्ता गर्न पाउने उल्लेख गरेको छ । सोमबारबाट खेलाडी दर्ता प्रक्रिया सुरु भएको बताउँदै महासचिव तुलाधरले ए डिभिजनका सबै क्लबलाई पत्र काटिएको जानकारी दिए ।

प्रतियोगितामा ए डिभिजनका १४ क्लबले सहभागिता जनाउनेछन् । क्लबले बढीमा २० र घटीमा १६ खेलाडी दर्ता गराउन पाउने एन्फाले जनाएको छ ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ । चौथो संस्करणको च्याम्पियनसिप जेठ २९ गते सुरु हुने छ ।

प्रतिक्रिया दिनुहोस्