Logo

म्याच फिक्सिङको आरोपमा रियलका पूर्व खेलाडी सहित खेलाडीहरू पक्राउ



Spread the love

१५ जेठ, काठडमाडाैँ – म्याच फिक्सिङको आरोपमा स्पेनमा ठुलो संख्यामा खेलाडीहरु पक्राउ परेका छन् ।

स्पेनिस प्रहरीले स्पेनको पहिलो र दोस्रो डिभिजनका खेलाडीहरु पक्राउ गरेको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ ।

प्रहरीले ला लिगामा म्याच फिक्सिङ गरेको आरोपमा स्पेनको पुर्व खेलाडी, अहिलेका खेलाडी र क्लबका पदाधिकारीहरुलाई पनि पक्राउ गरिएको जनाईएको छ ।

स्पेनको प्रिमियर डिभिजन ला लिगामा पनि फिक्सिङ भएको अनुमान गरिएको छ  ।

प्रहरीले रियल मड्रिडका पुर्व खेलाडी राउल ब्राभो, रियल भालाडोलिटका बोर्जा फर्नान्डेज, गेटाफेका सामुएल अलन्सो, डिपोर्टीभो ला करुनाका लोपेज मोन्टाना र कार्लोस अराण्ड लगायतका खेलाडी पक्राउ गरेका छन् ।

प्रहरीले ८ भन्दा बढी खेलमा म्याच फिक्सिङ भएको जनाएको छ । प्रहरीले ला लिगाको यसै महिनाको खेलमा म्याच फिक्सिङ भएको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्