Logo

प्रदेश ३ दोश्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्स च्याम्पियन



Spread the love

१५ जेठ, काठमाडाैँ – प्रदेश ३ ले दोश्रो उपराष्ट्रपति चिल्ड्रेन गेम्सको उपाधि मंगलबार जितेको छ । ६ खेल समावेश प्रतियोगितामा १९ स्वर्ण, १६ रजत र १५ कांस्यसाथ प्रदेश ३ समग्रमा च्याम्पियन बन्यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र ७ कांस्यसहित प्रदेश ५ दोश्रो भयो । तेश्रो स्थानको प्रदेश २ ले ४ स्वर्ण, ४ रजत र ८ कांस्य प्राप्त गर्यो । विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा कराते, तेक्वान्दो, उसु, एथलेटिक्स, टेबलटेनिस र कबड्डीमा प्रतिस्पर्धा भएको थियो ।

टेबलटेनिस र कबड्डी यसै संस्करणदेखि समावेश गरिएको हो । कम उमेरका बालवालिकाबाट क्षमतावान खेलाडी पहिचान गर्ने उद्देश्यले गत वर्षदेखि राखेपले चिल्ड्रेन गेम्सको सुरुआत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्