Logo

भालभेर्डेलाई बर्खास्त गर्ने बार्सिलोनाको तयारी



Spread the love

१५ जेठ, काठमाडाैँ – स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक अर्नेस्टो भालभेर्डेलाई बर्खास्त गर्ने तयारी थालेको छ । स्पेनिस ला लिगाको उपाधि जितेको बार्सिलोना च्याम्पियन्स लिग र कोपा डेल रेको उपाधि जित्न नसकेपछि क्लबले उनको बर्खास्त गर्ने तयारी गरेको हो ।

स्पेनिस संचारमाध्यमकाे अनुसार बुधबार बार्सिलोनाको बोर्ड बैठक बस्दैछ । सो बैठकको एक एजेन्डा भाल्भर्डेलाई जिम्मेवारीमुक्त गर्ने कि निरन्तरता दिने भन्ने पनि हुने बताइएको छ ।

दुइ वर्ष क्लबको प्रशिक्षकका रुपमा बिताएका भालभेर्डेलै अघिल्लो सातामात्र क्लबका अध्यक्ष जोसे मारिया बार्टोमेउले साथ नछाड्ने बताएका थिए । तर क्लब बैठकमा उनको प्रशिक्षण शैलीमा शंका उठेपछि उनको प्रतिस्थापनको खोजि सुरु भइसकेको जनाइएको छ ।

गत सिजन घरेलु अग्रता जोगाउन असमर्थ हुँदै अन्तिम ८ बाट बाहिरिएको बार्सिलोना यो सिजन पनि च्याम्पियन्स लिगको सेमिफाइनलमा पहिलो लेगमा ३-० ले अग्रता लिएको बार्सिलोना लिभरपुलविरुद्ध दोस्रो लेगमा ४-० ले पराजित हुँदै फाइनल पुग्नबाट रोकिएको थियो । केहि दिन अघिमात्र भ्यालेन्सियासंग कोपा डेल रेको फाइनलमा पराजित भएपछि क्लबले उनीसँग अलग्गिने मनसाय बुनेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्