Logo

‘फास्ट ट्र्याक डीपीआर स्वीकृत गर्नू’



Spread the love

१५ जेठ, काठमाडौं।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौं–तराई जोड्ने द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिटो स्वीकृत गरी स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

डीपीआरबिनाको संरचना निर्माणले पछि समस्या आउन सक्ने भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । डीपीआर स्वीकृत भएपछि निर्माण संरचनामा फेरबदल हुन सक्ने र यसबाट प्राविधिक समस्या उत्पन्न हुने समितिको ठहर छ । अहिले डीपीआरबिनै आयोजनाको काम अघि बढिरहेको छ ।

विदेशी परामर्शदाताको सहयोगमा नेपाली सेनाले तयार गरेको डीपीआर गत चैतमै मन्त्रिपरिषद्मा पुगेको थियो । द्रूतमार्ग निर्माण आयोजनाका प्रमुख सैनिक उपरथी योगेन्द्रबहादुर खाँडका अनुसार उक्त डीपीआर स्वीकृत भएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्