Logo

गणतन्त्र दिवसको अवसरमा पुरन गिरीद्वारा राष्ट्रिय झण्डोत्तलन



Spread the love

१५ जेठ, काठमाडाैँ – आज जेठ १५ गते अर्थात् गणन्त्र दिवसको अवसर पारेर राष्ट्रिय झण्डाका अभियन्ता पुरन गिरीले नेपालको झण्डोत्तलन गरेका छन् ।  विभिन्न विधाका खेलाडी तथा सोसँग सम्बन्धित व्यक्तित्वहरूको उपस्थितिमा सो कार्य सम्पन्न भएको हो ।

झण्डोत्तलनको कार्यले राष्ट्रको गरीमा बढाउनुका साथै राष्ट्रिय झण्डाको महत्व अझ उचाइमा पुग्ने भन्दै अभियन्ता गिरीले सो कार्य गरेको बताएका छन् । आज आयोजित सो कार्यक्रममा पञ्चकन्या कराँते, मलेशियामा भएको १६ औँ ओकिनावा गोजुरियो कराँते प्रतियोगिताका स्वर्णपदक विजेता खेलाडी सहित अन्य अफिसिय र भलिबलका  राष्ट्रिय खेलाडीहरूको उपस्थिति रहेको थियो ।

आज भएको झण्डोत्तलनको लागत खर्च भक्तपूरको लोकन्थलिमा रहेको स्मार्ट आल्मुनियमले व्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्