Logo

वेस्ट इन्डिजद्वारा न्युजिल्यान्ड सहजै पराजित



Spread the love

१५ जेठ, काठमाडौं । एक दिवसिय विश्वकप अघि भएको अभ्यास खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ९१ रनले पराजित गरेको छ । ४ सय २२ रनको विशाल लक्ष्य पछाएको न्युजिल्यान्ड ४७.२ ओभरमा अल आउट हुँदै ३ सय ३० रन मात्रै बनायो ।

न्युजिल्यान्डका लागि टम ब्लन्डेलले शतक प्रहार गरे पनि त्यो जितको लागि पर्याप्त रहेन । त्यस्तै कप्तान केन विलियम्सनले ६४ बलको सामना गर्दै ८५ रन बटुल्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

वेस्ट इन्डिजका कार्लोस वर्थवेटले सर्वाधिक ३ विकेट हात पारे । त्यस्तै फविएन एलिनले २,सिल्डन कर्टेल,किमर रोच,ओशन थोमस र एलशे नर्शलेको नाममा समान १ विकेट रह्यो ।

त्यस अघि ब्रिस्टलमा टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले ४९।२ ओभरमा अल आउट हुँदै ४ सय २१ रनको विशाल योगफल बनायो । युवा खेलाडी शाई होपले शतक प्रहार गरे । ३६ ओभरको चौथो बलमा टेन्ट्र बोल्टले ८६ बलको सम,अन गर्दै १ सय १ रन बटुले ।त्यस्तै ,आन्द्रे रसेलले २५ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै आक्रमक ५४ रन बटुले । ओपनर क्रिस गेलले २२ बलमा ४ चौका र ३ छक्का सहित आक्रमक ३६ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाए । अर्का ओपनर इभिन लुईसले ५४ बलमा ६ चौका र १ छक्का सहित ५०,डरेन ब्राभो २५,निकोलस पुरन ९,शिम्ररोन हिटमायर २७, कप्तान जोसन होल्डर ४७ रनमा आउट भए ।

न्युजिल्यान्डका टेन्ट बोल्टले ९.२ ओभरमा १ मेडन सहित ५० रन खचेर्एर ४ विकेट हात पारे । त्यस्तै म्याट हेनरीले २,जेम्श निशम र मिचेल सान्टनरको नाममा समान १ विकेट रह्यो । हेनरीले मात्र ९ ओभर बलिङ गर्दै १ सय ७ रन खर्चे ।

प्रतिक्रिया दिनुहोस्