Logo

प्रहरीद्वारा रौतहटमा एक जना पक्राउ



Spread the love

 

१५ जेठ, रौतहट ।
प्रहरीले रौतहट जिल्लाको इशनाथ नगरपालिका ४ ठुलो लत्मरी मन्दिर नजिकबाट एक जना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका ९ बसनपट्टिका ४५ वर्षीय छोटेलाल साह रहेका छन् ।

सीमा प्रहरी चौकी बंजरा रौतहटबाट प्रहरी नायव निरीक्षक अक्षय कुमार साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले साहलाई १ थान कटुवा पेस्तोल, एकथान चक्कु लगायतको अन्य सामानहरू सहित उनलाई पक्राउ गरेको हो।

साह माथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्