Logo

ट्रिपरको ठक्करले एकको मृत्यु



Spread the love

 

 

१५ जेठ, नवलपरासी l ट्रिपरले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ l मृत्यु हुनेमा पैदलयात्री चितवन भरतपुर महानगरपालिका–१६ शिवघाटमा बसोबास गर्ने ५५ वर्षीया चन्द्रा गौतम रहेका छन् l

नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका९१३ स्थित सडकमा ना ४ ख ८२५१ नम्बरको ट्रिपरले ठक्कर दिँदा गौतमको घटनास्थलमै मृत्यु भएको हो l उक्त पैदलयात्रीको मृत्यु पश्चात् सोही ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्