Logo

धुर्मुस-सुन्तलीले निर्माण गरिरहेको क्रिकेट रंगशालामा लगाए स्थानीयले डोजर



Spread the love

१५, जेठ, चितवन । चितवनमा निर्माण भईरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार केही स्थानीयले भत्काइदिएका छन् ।

बुधबार बिहान रंगशालाको बार र संरचना भत्काइदिएका हुन्। उनीहरुले बार भत्काउने क्रममा धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए ।

उनीहरुले रंगशाला निर्माणको लागि लगाइएको जस्ताको बार मात्रै नभई कृषि तथा वनविज्ञान विश्वविद्यालयले लगाएको तारको जालीसमेत भत्काएका छन् ।

रामपुर कृषि क्याम्पसका लागि अधिग्रहण गरेको जग्गामा क्रिकेट रंगशाला निर्माण गर्न सुरु गरेदेखि विवाद भएको थियो। रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने स्थानीयको माग छ ।

घटनामा संलग्न भएको आशंकामा १६ जनालाई प्रहरीले पक्राउ गरेका छन् । केही स्थानीयले रंगशालाको बार र निर्माण गरेको भौतिक संरचना भत्काएको प्रहरीले पुष्टि गरेको छ। घटनामा संलग्न रहेका मुख्य व्यक्ति प्रकाश कँडेलको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए ।

संरचना भत्काइदिएपछी धुर्मुसको सिताराम कट्टेल ‘धुर्मुस’को प्रतिक्रिया !

प्रतिक्रिया दिनुहोस्