Logo

सन्दीपको बार्बाडसले पहिलो खेल गुयानासँग खेल्नेछ



Spread the love

१५ जेठ, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सहभागिता जनाउने क्यारेबियन प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ ।

आगमी ४ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म सीपीएल वेस्टइन्डिजमा चल्नेछ । सीपीएलमा ६ फ्रेन्चाइज टोली रहेका छन् । सन्दीप रहेको बार्बाडस ट्राइडेन्टसले सेप्टेम्बर ८ मा गुयाना अमाजन वारियर्ससँग खेल्ने छ । लिग चरणपछि शीर्ष चार टोली प्ले अफ पुग्ने छन् । अक्टोबर ६ मा पहिलो क्वालिफायर तथा एलिमिनेटर खेल हुनेछ । अक्टोबर ८ मा दोस्रो क्वालिफायर हुने छ । फाईनल अक्टोबर १२ मा हुने छ ।

प्रतिक्रिया दिनुहोस्