Logo

कपिलवस्तुमा निःशुल्क आँखा शिविर आयोजना



Spread the love

 

१५ जेठ, कपिलवस्तु । कपिलवस्तु नगरपालिका वडा नम्बर १ लाई दृष्टिविहीनता मुक्त वडा बनाउने अभियान शुरु भएको छ ।

वडा नं. १ को कार्यालयको आयोजना तथा नेपाल नेत्र ज्योति संघ आँखा अस्पताल तौलिहवाको सहयोगमा वडाको रत्न राज्य लक्ष्मी माविमा एक दिने निःशुल्क आँखा शिविर आयोजना गरिएको हो ।
कपिलवस्तुमा हालसम्म उपचार नपाएका दृष्टिविहीनहरुको निःशुल्क उपचारसँगै , निशुल्क औषधि वितरण तथा अति गरीब, विपन्न र जेष्ठ नागरिकलाई निःशुल्क चश्मा समेत दिइएको र मोतियाबिन्दुका बिरामीलाई आँखा अस्पतालले निःशुल्क शल्यक्रियाको सेवा दिने वडा अध्यक्ष सुदिप पौडेलले जानकारी दिएको छ ।

उक्त शिविरमा २ सय बढीको उपचार गरिएको छ, भने २० बढी मोतियाबिन्दुका रोगी फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्