Logo

आगलागी हुँदा एकको मृत्यु, ३ जना गम्भीर अवस्थामा



Spread the love

 

बेलायतमा घर आगलागी हुँदा एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीया रञ्जना गुरुङ रहेकी छिन् भने गम्भीर घाइते हुनेमा उनका श्रीमान् हिम गुरुङ र १० वर्षीया छोरी एञ्जल र १७ वर्षका छोरा एलन रहेका छन् l

बेलायती प्रहरीका अनुसार कसरी आगलागी भयो भन्ने कुराको पुष्टि अझै सम्म नभएको र सोही घटनाको अनुसन्धान गरिरहेको जनाएको छ l उक्त घरमा आगलागी भए पश्चात् हेल्प हेल्प भन्दै मृतक रञ्जनाका श्रीमान् र छोराछोरी चिच्याएको आवाज सुनेपछि छिमेकीले खबर गरेको प्रहरीले बताएको छ l

प्रतिक्रिया दिनुहोस्