Logo

फिर्मिनो फिट केइटा अनफिट



Spread the love

१५ जेठ, काठमाडौं । चर्चित युइएफए च्याम्पियन्स लिगको फाइनल खेल १ जुनमा हुदैछ । फाइनलमा दुई इंग्लिस क्लब लिभरपुल र टोटेनहम हस्टपरबीच प्रतिस्पर्धामा हुदैछ। फाइनल जित्न दुवै टिम अन्तिम तयारीमा जुटिसकेका छन् ।

यसबीचमा लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आफ्ना स्टार ब्राजिली फरवार्ड रोबर्टाे फिर्मिनो च्याम्पियन्स लिगको फाइनललाई तयार रहदा अर्का खेलाडी नावी केइटा अनफिट रहेको जानकारी दिएका छन् ।

फिर्मिनोले सेमिफाइनलको दोस्रो खेलमा तथा केइटाले पहिलो खेलमा चोट बोकेका थिए । चोटकै कारण फिर्मिनो पछिल्लो चार खेलमा बन्चित भएका थिए ।

 प्रतिद्वन्दी टोटेनहमसँग उपाधिका लागि भिड्न लागेको लिभरपुलले आफ्ना स्टार फरवार्ड फिर्मिनो च्याम्पियन्स लिगका लागि तयार रहेको छन् । प्रशिक्षक क्लोपले फिर्मिन्हो फिट भएपनि नाबी केईटा भने टिम बाहिर रहने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्