Logo

लेक लागेर तीर्थयात्रीको निधन   



Spread the love

 १५ जेठ, हुम्ला। रसुवा केरुङ नाका हुँदै मानसरोवर कैलाश दर्शन गरी फर्कने क्रममा हुम्लाको हिल्सा नाकामा भारत तामिलनाडुका ६३ वर्षीय रपुनाथ भेलुको लेक लागेर निधन भएको छ । निजको शव हुम्ला सदरमुकामस्थित सिमकोट अस्पतालमा राखिएको छ ।

उनकी श्रीमती पनि साथमा छिन् । ढिला गरी प्राप्त समाचारअनुसार उनको सोमबार राति निधन भएको जनाइएको छ । उनको दाहसंस्कार खार्पुनाथ दोभानमा गरिने प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले बताउनुभयो ।
–––  रासस

प्रतिक्रिया दिनुहोस्