Logo

अष्ट्रेलियाली प्रधानमन्त्रीको सपथ   



Spread the love

१५ जेठ, क्यानबेरा। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले पुनः प्रधानमन्त्री पदको सपथ लिनुभएको छ । मरिसनको मन्त्रिमण्डलमा पहिलोपटक सात जना महिलाको सहभागिता रहेको छ । मरिसनले बुधबार बिहान गभर्नर जनरल पिटर कोसग्रोभ समक्ष सपथ लिनुभएको थियो ।

प्रधानमन्त्री मरिसनको नेतृत्वमा रहेको नेसनल पार्टी कोएलिसन (एलएनपी) गत मे १८ मा भएको आम निर्वाचनमा विजयी भएको थियो । एलएनपीको यो लगातार तेस्रो जित हो ।

विपक्षी अष्ट्रेलियन लेबर पार्टी भने पुनः पराजित भएको छ । नयाँ मन्त्रिमण्डलमा पुराना र वरिष्ट नेताहरुलाई पुनः सहभागी गराउने मरिसनको भनाई छ ।
––  रासस

प्रतिक्रिया दिनुहोस्