Logo

     चिनियाँ राष्ट्रपतिले रुसको भ्रमण गर्ने   



Spread the love

१५ जेठ, बेइजिङ। चीनका राष्ट्रपति सी चिनफिङले आगामी जुन ५ देखि ७ सम्म रुसको भ्रमण गर्नुहुने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा राष्ट्रपति सी रुसको भ्रमण गर्न लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले घोषणा गरेका छन् ।
राष्ट्रपति सीले रुसमा रहँदा २३औं सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको बैठकलाई सम्बोधन गर्नुहुने पनि प्रवक्ता लु काङले बताउनुभयो ।

दुबै नेताबीच द्वीपक्षीय सम्बन्धका साथै अन्तर्राष्ट्रिय मामिलाका बारेमा छलफल गर्नुहुने काङले जानकारी दिनुभयो ।
––  रासस

प्रतिक्रिया दिनुहोस्