Logo

 खोलामा बस खस्दा एकको मृत्यु   



Spread the love

 १५ जेठ, धादिङ।  थाक्रे गाउँपालिका वडा नं १ खयरघारीबाट महेश खोलामा बस खस्दा आज एक जनाको मृत्यु भएको छ ।     ‘

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा १प १३६३ नम्बरको पर्यटक बस खोलामा राजमार्गबाट खोलामा खसेर दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिको सनाखत नभएको प्रहरीले जनाएको छ ।

सडकबाट बस खोलामा खसेपछि बजारबासी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् । दुर्घटनामा घाइते भएको १८ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उद्धारकर्ता राजु थापाले बताउनुभयो ।
–––  रासस

प्रतिक्रिया दिनुहोस्