Logo

पुलिसको लगातार दोस्रो जित



Spread the love

१५ जेठ, काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लवले लगातार दोस्रो जित हासिल गरेको छ । मुलपानी क्रिकेट मैदानमा आज पुलिसले प्रदेश १ लाई ७५ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

पुलिसले दिएको १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले ३८.३ ओभरमा १ सय १० रन बनाउदै सबै विकेट गुमायो । उसका लागि ओपनर सन्नी पुनले सर्वाधिक २७ रनको योगदान दिए । प्रदेश १ का कुनै पनि ब्याट्सम्यानले क्रिजमा टिकेर रन बनाउन सकेनन । कप्तान पुष्प थापा १०,अंकित सुवेदी ३,फ्रिदोस अन्सारी १२ र श्रवन यादव ५ रनमा आउट भए ।

पुलिसलाई सहज जित दिलाउन दिपेन्द्र सिंह ऐरीले १० ओभरमा ४ मेडन सहित २६ रन खर्चेर ५ विकेट हात पारे ।त्यस्तै , ललित नारायण राजवंशीले ३, सागर ढकाल र आरिफ शेखले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पुलिसले ४३.१ ओभरमा अल आउट हुँदै १ सय ८५ रनमै समेटियो । पुलिसका लागि अमित श्रेष्ठले १ सय ६ रनको शतकीय पारी खेले । अमित बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न नसक्दा पुलिस सस्तैमा आउट भयो । पुलिसका अन्य ओपनर पवन सरार्फ १०, अनिल कुमार शाह ४, दिपेन्द्र सिंह ऐरी २, आरिफ शेख ४, दिलिप नाथ १, कुशल भुर्तेल २४ रनमा आउट भए । त्यस्तै कप्तान मञ्जित श्रेष्ठ र रा नरेश गिरीले समान ११ रन बटुले ।

प्रदेश १ का लागि सिद्धान्त लोहनी, दिपेश कँडेल, पुष्प थापा, फिर्दोस अन्सारी र कमल खत्रीले समान २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्