Logo

विराटनगरलाई हराउँदै टिम चौराहाले जित्यो धनगढी प्रिमियर लिगको उपाधि



Spread the love

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको उपाधी धनगढी टिम चौराहाले जितेको छ । धनगढीले विराटनगर किंग्सलाई ६२ रनले हराएको हो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले पूरा ओभर खेल्दै ५ विकेट गुमाएर १५९ रन बनाएको थियो । धनगढीका लागि आरिफ शेखले सर्वाधिक ५४ रन जोडे ।

dhangadhi-team-chauraha

१ सय ६० रनको लक्ष्य पछ्याएको विराटनगरले १८ ओभर १ बलमा सबै विकेट जाँदा ९७ रन मात्र बनाउन सक्यो ।विराटनगरका अमित श्रेष्ठले २७ बलमा २६ रन, अनिल शाहले २१ बलमा १३ रन, दिपेन्द्र सिंह ऐरीले १४ बलमा १३ रन, प्रनित थापामगरले २२ बलमा २७ रन बनाए । कप्तान शरद भेष्वाकर मात्र २ रन बनाएर आउट भए ।धनगढीका सुशन भारीले तीन, आरिफ शेख र सौरभ खनालले दुई दुई साथै रामनरेश गिरी र ललित राजवंशीले एक एक विकेट लिए ।

dp-final-1

यसअघि धनगढीका आरिफ शेखले ३० बलमा ४ चौका र ४ छक्काको मद्धतमा ५४ रन बनाए । यस्तै अमर रौतेलाले १५ बलमा अविजित ३१ रन बनाए । पारस खड्काले ३४ बलमा २९ रन बनाए । विराटनगरका सुशील कँडेलले दुई साथै जितेन्द्र मुखिया, सन्दीप लामिछाने र प्रकाश विष्टले एक एक विकेट लिएका थिए ।

विराटनगरका कप्तान शरद भेषावकरको नेतृत्वमा पञ्चकन्या तेजले दुईपटक राष्ट्रिय लिगको उपाधि जितेको थियो । यसपटक भने फाइनलमा पुगेर टिम पारससँग टिम शरद हार्न पुग्यो । जितसँगै धनगढीले १५ लाख साथै उपविजेता विराटनगरले साढे ७ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

प्रतिक्रिया दिनुहोस्