Logo

नेपालकै सबैभन्दा ठुलो ह्याकथन “एभरेस्ट ह्याक” श्रावण ३,४ र ५ गते हुने



Spread the love

सल्लेरी खबर । नेपालमा अहिले सम्मकै सबैभन्दा ठुलो ह्याकथन श्रावण ३,४ र ५ गते हुने भएको छ ।

युरोपेली नेपाली विद्यार्थीको आह्वानमा हुन लागेको नेपालकै सबैभन्दा ठुलो ह्याकथनको आयोजना सिरिस युथ फाउन्डेसन र सी.एस.आई.टि एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा हुन लागेको हो ।

श्रावण ३,४ र ५ गते हुने ह्याकथनको नाम “एभरेस्ट ह्याक” दिइएको छ । एभरेस्ट ह्याकथन श्रावण ३ गते शुक्रवार बेलुकी ७ बजे देखी १० बजे सम्म नेटवर्किङ सेसन हुनेछ, जहाँ प्रतिस्पर्धी र एकल प्रतिस्पर्धीहरूले आफ्नो टिम तयार गर्नेछन् र विभिन्न आइडियाज र च्यालेन्जेझरुमा सल्लाह गरी काम गर्नेछन् ।

मुख्य आकर्षक रहेको ह्याकथन भने दोस्रो दिनको १२ बजे देखी सुरु हुनेछ । दोस्रो दिन, शनिवारको १२ बजे देखी सुरु भएको ह्याकथन तेस्रो दिनको १२ बजे सम्म रहनेछ । आइतबार, श्रावण ५ गते १२ बजे पश्चात् बनिसकेका प्रोजेक्टसहरु सो गर्न राखिनेछन् । यसलाई आयोजकले ह्याकिङ एक्स्पो नाम दिएको छ ।

तेस्रो दिन दिउँसोको ४ बजे सम्म प्रतिस्पर्धी मध्यबाट फाइनलिष्टको नाम सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

ह्याकथनमा प्रथम हुनेले नगद रु ५०,००० सँगै युरोपको सबैभन्दा ठुलो ह्याकथन “जङ्क्सन ह्याक”मा सोझै सहभागी हुन पाउनेछ । दोस्रो हुनेले नगद रु २५,००० सँगै आयोजकको युरोपको पार्टनर ह्याकथनमा सोझै सहभागी हुन पाउनेछ । त्यस्तै ह्याकथनमा तेस्रो हुनेले नगद रु १५,००० सँगै आयोजकको एसियाको पार्टनर ह्याकथनमा सोझै सहभागी हुने पाउनेछ ।

एभरेस्ट ह्याकको अनलाइन मिडिया पार्टनर सल्लेरी खबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्